Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चुनावका लागि आवश्यक सामाग्रीकाे ढुवानी सुरु


ग्लोबल पाना
शनिबार, कात्तिक १२ २०७९
  • 237
    SHARES

  • images
    चुनावका लागि आवश्यक सामाग्रीकाे ढुवानी सुरु

    काठमाडौं । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ।

    images
    images
    images

    हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ।

    त्यसैगरी आयोगले आजदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्रीहरू मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी कार्य आज शुक्रबारबाट ढुवानी सुरु गरेको छ। आजबाट सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो।

    अब दुर्गम जिल्लामा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउने जानकारी आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दिए ।

    आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ। यो खबर गोरखापत्र दैनिकमा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ