Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१२ वर्ष कैद सजाय माग, सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै


ग्लोबल पाना
सोमबार, कात्तिक १४ २०७९
  • 247
    SHARES

  • images
    १२ वर्ष कैद सजाय माग, सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

    काठमाण्डौ । सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता हुने भएको छ। बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज (१४ कात्तिक) मा दर्ता हुने भएको हो।

    images
    images
    images

    सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेका अनुसार आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ। यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ। तर तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले आजै अभियोग पत्र दर्ताको तयारी गरेको नेउपानेले बताए। प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएपछि उनलाई हिरासतमा राख्ने समय थपिएको थियो।

    पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो। सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ।

    कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो। प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाण्डौमा अभियोजना पत्र दायर गर्ने छ । त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ