Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

४० लाख जरिवाना ठहर भएका दाहाल पक्राउ


ग्लोबल पाना
बुधबार, कात्तिक १६ २०७९
  • 207
    SHARES

  • images
    ४० लाख जरिवाना ठहर भएका दाहाल पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो ।

    कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक दाहालले विसं २०७७ मङ्सिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । पक्राउ दाहाललाई आज जिल्ला अदालत पाटनको आदेशानुसार कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ