काठमाडौं । आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ ।
निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा पाँच लाख ३० हजार थान मतपत्र प्राप्त भएको हो ।
यसअघि समानुपातिक तर्फको पाँच लाख ३८ हजार थान मतपत्र जिल्लामा आइपुगेको थियो । ती मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।
निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीको लागी एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ । यस्तै प्रदेशसभा (१) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (२) मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ ।
उक्त मतपत्र रुजु गरेर ठीक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ । यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फको प्रत्यक्षको लागी एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (१) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (२) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६६-६६ हजार थान मतपत्र प्राप्त भएको छ । शनिबार आइपुगेको मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


