Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा


ग्लोबल पाना
सोमबार, कात्तिक २१ २०७९
  • 239
    SHARES

  • images
    सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने  ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

    खोटाङ । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    दिक्तेल-खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु-बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ ।

    नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्। दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीका ठेकेदार काम गर्दागर्दै छाडेर सम्पर्कविहीन भएका छन् ।

    निर्माणाधीन सडक अलपत्र पारेर ठेकेदार भागेकाले वार्ता गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको जनाइएको छ । विसं २०७९ पुस २० गतेभित्र सक्ने गरी रु पाँच करोड छ लाख ५५ हजार पाँच सय ९६ लागतमा विसं २०७८ जेठ २० गते सम्झौता भएको भएको थियो तर, कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए ।

    सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्ध व्यक्तिको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरसमेत पुग्नुभएको थियो । त्यसपछि पनि गत कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो ।

    दुबेचिवा-साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । रु दुई करोड ९६ लाख ३७ हजार पाँच सय ८६ लागतमा विसं २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आरएन जेवीले विसं २०७८ चैत २८ गते सम्झौता गरेको थियो । तोकिएको म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताएका छन् । अलपत्र सडक छिटो सम्पन्न गराउन ताकेता गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कणर्ले बताए ।

    यसबाहेक भुते चिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा-काफ्लेगाउँ-घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा-नेर्पा-दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजनालाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

    मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा-सजिव-आरएन जेभी पङ्खुखोला पुलको साप-सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध केएम इन्जिनियर विल्डर्सलाई समेत ताकेता गर्न पत्राचार गरिएको जनाइएको छ । प्रदेश १ सरकारको रु १२ करोड ७२ लाख ९२ हजार चार सय ३७ को लागतमा निर्माणाधीन हुर्लुङ-जालपा सडक पनि अलपत्रै छ । चार महिनामा सक्ने गरी विसं. २०७८ भदौ ३१ गते रौताहा-सुसन आदित्य जेवी निर्माण कम्पनीले सम्झौता भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ