Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान


ग्लोबल पाना
शुक्रबार, जेठ १२ २०८०
  • 404
    SHARES

  • images
    प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान

    काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८  प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

    images
    images
    images

    प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक-आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

    सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।

    साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले शुक्रबार बुक क्लोज गर्दै छ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ