Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वैदेशिक रोजगारीमा रहेकाले स्याङ्ग हाइड्रोपावरको आईपीओमा निवेदन दिने आज अन्तिम दिन


ग्लोबल पाना
मंगलबार, जेठ १६ २०८०
  • 299
    SHARES

  • images
    वैदेशिक रोजगारीमा रहेकाले स्याङ्ग हाइड्रोपावरको आईपीओमा निवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अप्पर स्याङ्ग हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज जेठ १६ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । अप्पर स्याङ्गेले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

    यस आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा.पा. (साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

    त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

    जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ ।

    स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ