Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गोकुलेश्वर माविमा आमसभा गरेकाप्रति आयोगको स्पष्टीकरण


ग्लोबल पाना
बिहीबार , कात्तिक २४ २०७९
  • 244
    SHARES

  • images
    गोकुलेश्वर माविमा आमसभा गरेकाप्रति आयोगको स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यमिक विद्यालयमा आमसभा गरेकामा आयोगबाट विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

    images
    images
    images

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए ।

    दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थित गोकुलेश्वर उच्च माध्यमिक विद्यालय गोकुलेश्वरमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)समेतको दलको आयोजनामा गरिएको थियो ।

    आयोगले निर्वाचन प्रचार-प्रसारका लागि चुनावीसभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला-१ (१)मा कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा-१ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ