Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टर्कीको मुद्रा लिरामा ठूलो गिरावट 


ग्लोबल पाना
मंगलबार, जेठ १६ २०८०
  • 336
    SHARES

  • images
    टर्कीको मुद्रा लिरामा ठूलो गिरावट 

    काठमाडौं । टर्कीको राष्ट्रपतीय निर्वाचनमा रिसेप तैयप अर्दोआनले प्रतिद्वन्द्वी कमाल कलचदारलुलाई पराजित गर्दै फेरि एकपटक जित हासिल गरेका छन् । यो जितबाट अर्दोआनका समर्थकहरु खुसी छन् तर टर्कीको मुद्रामा लिरामा ठूलो गिरावट  आएको छ । यो गिरावटसँगै लिराले कीर्तिमानी न्यून विन्दुमा पुगेको छ ।

    images
    images
    images

    समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार डलरको तुलनामा लिरा २०.७७ मा झरेको छ, जुन अहिलेसम्मकै न्यून स्तर हो। यो वर्ष अहिलेसम्म लिराको मूल्य करिब सात प्रतिशतले घटेको छ । सोमबार जहाँ टर्कीको मुद्रामा कीर्तिमानी गिरावट आएको छ भने अर्कोतर्फ सेयरमा पनि वृद्धि भएको छ । देशको बेन्चमार्क परिसूचक एक्सक्यु १०० पाँच प्रतिशतले उकालो लागेको छ भने बैंकिङ परिसूचक चार प्रतिशतले उकालो लागेको छ।

    मुद्रास्फीति र अन्य आर्थिक कारणले विगत एक दशकमा लिराको मूल्य ९० प्रतिशतले घटेको छ । राष्ट्रपति अर्दोआनका लागि आगामी दिनमा अर्थतन्त्र सबैभन्दा ठूलो चुनौती सावित हुने विज्ञहरूको विश्वास छ ।

    टर्कीको अर्थतन्त्र धेरै वर्षदेखि उतारचढावको अवधिबाट गुज्रिरहेको छ। विपक्षीहरूले यसको लागि अर्दोआनको अपरंपरागत आर्थिक नीतिहरूलाई दोष लगाउँछन्। प्रतिपक्षले पनि सत्तामा आएपछि यी नीतिहरू परिमार्जन गर्ने वाचा गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ