काठमाडौं । २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय सबैले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरिरहेका छन् ।
यसैगरी आज हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवरको विशेष उपस्थितिमा करिब ३५० जना विद्यार्थीहरुलाई दुध पान गराइयो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनले केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, सह-कोषाध्यक्ष रामभक्त दाहाल, सदस्यहरु रविशरण थापा, कोशी प्रदेशका अध्यक्ष गंगा खड्का, बागमतीका अध्यक्ष टीका प्रसाद घिमिरे,अनाजका अध्यक्ष किरण आचार्य, कागेश्वरी दुग्ध उत्पादन सहकारीका सचीव राजकुमार चौलागाईं, ललितपुरका हुद्दराज तिमल्सिना, एसोसिएसनका रबिन्द्र के.सि, सेन्ट जर्ज स्कुलका प्र.अ मेघराज बजगाईं, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाले विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो ।
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको जानकारी गराए । केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवरले दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले हरेक वर्ष दुधसँग सरोकार राख्ने सबैले विविध कार्यक्रम गरि यो दिवस मनाउने गरिएको कुरा बताए ।
नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले उपस्थिति सबैलाई धन्यवाद दिंदै यस्ता कार्यक्रमहरु विद्यालयमा गर्दा त्यसले उदेश्य प्राप्ति गर्न सहयोग पुग्ने कुरा बताए । अन्त्यमा विद्यालयका प्र.अ मेघराज बजगाईले यस्तो महत्त्वपूर्ण दुध सम्बन्धि जानकारी गराउँदै कार्यक्रम गरेकोमा नेपाल डेरी एसोसिएसन परिवारलाई विशेष धन्यवाद दिनु भयो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


