Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिपमूलक तथा व्यावसायिक तालिम सञ्चालनको तयारीमा काठमाडौं महानगरपालिका


ग्लोबल पाना
सोमबार, असोज २६ २०८३
  • 75
    SHARES

  • images
    सिपमूलक तथा व्यावसायिक तालिम सञ्चालनको तयारीमा काठमाडौं महानगरपालिका

    विधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी अभिमुखीकरण, विभिन्न क्षेत्र र पेशासँग सम्बन्धित तेस्रो संस्करणको मेला आयोजना हुने।

    काठमाडौँ । मानव पूँजी पलायन रोक्न देशमै रोजगार र स्वरोजगारको सम्भावना बढाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले थालनी गरेको सिप मेलाको तेस्रो संस्करण सञ्चालनका लागि तयारी गरिरहेको छ । १५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्तर्गत मेला सञ्चालन गर्न थालिएको हो । सिप नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने मेलाबाट लिइएको लक्ष्य हो ।

    images
    images
    images

    दोस्रो संस्करण सम्पन्न हुँदा मेलाबाट ७ हजार ७८० जनालाई तालिम प्रदान गरिसकिएको छ । जसमध्ये ५० प्रतिशत रोजगारीमा हुनुहुन्छ । यस वर्ष तेस्रो संस्करणको मेला आयोजनाका लागि तयारी गर्ने क्रममा सामाजिक विकास विभागले एक दिवसीय अभिमुखीकरण तालिम आयोजना गरेको छ । स्थानीय आर्थिक विकास, रोजगारी प्रवर्धन, उद्यमशीलता विकास तथा आय वृद्धि मार्फत समृद्ध महानगर निर्माण गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको भूमिका, अवसर चुनौती तथा स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन तालिमको विषय थियो । तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने साझा लक्ष्यका लागि काम गरिरहेको बताउनुभयो ।

    ‘देशभित्र नै आय आर्जनका अनेक सम्भावना छन् । यसका लागि सिपमूलक तथा व्यावसायिक तालिम दिएर रोजगारी सिर्जना गर्ने हाम्रो कार्यक्रम हो । यसबाट मानव पुँजी पलायन हुनबाट रोक्न सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौँ ।’ उहाँको भनाइ थियो । बेरोजगार युवालाई रोजगारसँग जोड्नका लागि धेरै व्यक्तिलाई एउटै स्थलमा तालिम दिन थालेका छौँ । अभिमुखीकरण कार्यक्रममा सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘रोजगार र स्वरोजगारमा जान चाहने व्यक्तिका लागि सिप मेला उपयुक्त गन्तव्य हुनेछ । हामी मेलालाई अन्य स्थानीय तहका लागि सिकाइ हुने गरी सञ्चालन गर्नेछौँ ।’

    त्यस क्रममा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘काठमाडौँको विकासमा काठमाडौँ बाहिरबाट आउनु भएका तथा बाहिरै रहेर पनि काठमाडौँको पहिचान वृद्धि गर्न सघाउ गरिरहनु भएका व्यक्तिहरुलाई पनि तालिममा अवसर प्रदान गरिने बताउनुभयो । हामी मन, विचार र सोचमा उदार भएर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ केन्द्रबाट सञ्चालन हुने तालिमसँगै वडाहरुबाट सञ्चालन गरिएका तालिमहरुलाई स्तरीकरण तथा प्रमाणीकरणमा काम गर्नु पर्ने बेला आएको बताउँदै वडाध्यक्षहरु वीरेन्द्र प्रजापती, विमलकुमार होडा, दलबहादुर कार्की र वडा सदस्य रसला तण्डुकारले, वडा र केन्द्रका बिचमा समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो ।

    महानगरपालिकाको सामाजिक विकास विभागले, वडा स्तरबाट सञ्चालन भएका तालिमबाट उत्पादन भएका जनशक्तिको सिपलाई रोजगारसँग जोड्ने प्रयास गरिएको विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो । रोजगारीलाई उद्यमशीलता र उद्यमशीलतालाई आर्थिक समृद्धिसँग जोड्ने कार्यक्रम विभागको प्राथमिकतामा रहेको निरौलाको भनाइ छ । साधारण शिक्षा हासिल गरेका युवालाई प्राविधिक तथा सिपमूलक तालिम प्रदान गर्ने, यसरी प्रदान गरिएको सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य प्राप्त गर्ने गरी कार्यक्रम तर्जुमा गरिएको सामाजिक विकास महाशाखा प्रमुख सन्तु श्रेष्ठले बताउनुभयो । व्यवस्थित, सूचीकृत, प्रमाणीकरण, एकीकृत गर्नु पर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । अभिमुखीकरण तालिममा, रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धिको पृष्ठभूमिका विषयमा रोजगार संयोजक, के. सी.ले, प्राविधिक र व्यावसायिक तालिमको अवधारणाका विषयमा डा. कुष्माकर भट्टले, तालिम सञ्चालन सम्बन्धी कानुनी व्यवस्थाका विषयमा सौरवराम जोशीले, दिगो विकासका लागि सिप विकासको आवश्यकताका विषयमा डा. महेशनाथ पराजुलीले प्रस्तुतिकरण गर्नुभएको थियो । महानगरपालिकाले श्रमिक दिवस २०८१ का दिनदेखि पहिलो संस्करणको मेला टुँडिखेलमा सञ्चालन गरेको थियो । मेलाबाट तालिम लिन ६८ हजार ८ सय ६६ जनाले आवेदन दिनु भएको थियो । मेलाबाट विभिन्न विधामा २ हजार ८१ जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो । त्यसमा लक्ष्यभन्दा धेरै २ हजार ५ सय ७५ जनाले तालिम प्रदान गरिएको थियो । यसरी तालिम प्राप्त मध्येका ५० प्रतिशतभन्दा धेरै युवाले रोजगारीको अवसर प्राप्त गर्नु भएको छ । रोजगार र स्वरोजगारमा नपुगेका युवाहरुका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरुसँग सहकार्य गरेर अन द जब ट्रेनिङ् सञ्चालन गरेको तालिम संयोजक देवेन्द्र के. सी. ले जानकारी दिनुभयो । २०८२ सालमा २ हजार ८२ जनालाई तालिम दिने लक्ष्यसहित २०८२ साल जेठ ७ देखि टुँडिखेलमा दोस्रो संस्करणको तालिम सुरु भएको थियो । त्यसका लागि अनलाइन फाराम भर्ने आवेदकमध्ये २९ सय २५ जना सहभागीलाई छनोट गरिएको थियो । मेलामा १० वटा क्षेत्रका ४२ वटा पेशासँग सम्बन्धित तालिमका विषय समावेश थिए । आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) जस्ता पेशासँग सम्बन्धित तालिम मेलामा समावेश गरिएका थिए ।

    यस्तै ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेशा सम्बन्धित तालिम थिए । यो वर्ष विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) नयाँ विषयका रुपमा थपिएको थियो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम थिए । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि थियो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि थियो । यस्तै इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम सञ्चालन गरिएका थिए । गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम थिए । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम थिए ।

    हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम थिए । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालन भए । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम थिए । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम भएको थियो । कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम थियो । यस्तै स्टक मार्केट सम्बन्धी तालिम पनि यस वर्षको आकर्षण थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ