Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन


ग्लोबल पाना
शुक्रबार, जेठ १९ २०८०
  • 229
    SHARES

  • images
    नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सिंहदरबार परिसरभित्र निर्माणाधिन भवनको आज स्थलगत अवलोकन गर्ने क्रममा उनले निर्माणका लागि अनुकूल वातावरण रहेको बेला काममा ढिलाई नगर्न निर्देशन दिए।

    images
    images
    images

    उनले भने, “अब यस भवन निर्माणले गति लिन्छ, लिनुपर्छ । हिजोको प्रतिकूलता आज अनुकूलतमा परिवर्तन भएको छ । निर्माणका लागि पेमेन्ट, एलसी खुल्नेदेखि सामानको अर्डर गर्ने अनुकूलत वातावरण बनेको छ । यस कारण पनि निर्धारित समयमै निर्माण हुनुपर्छ ।” अवलोकनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले निर्धारित समयमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन्।

    उनले भनिन्, “हामी हिउँदे अधिवेशन यहीबाट सुरुआत गर्नुपर्छ भन्ने अठोटका साथ यहा म आएपछि निरन्तर फलो गरिरहेको छु । म्याद थप गर्ने रहर छैन, समस्याको समाधान हैन ।” मन्त्री गुरुङले निर्माण कम्पनीलाई आवश्यक जनशक्ति थपेर कामलाई तीव्र गति दिनसमेत निर्देशन दिइन्।

    उनले मन्त्रालयबाट भुक्तानी र नीतिगत कुरामा कमीकमजोरीलाई भए आवश्यकताअनुसार निणर्य गर्न तयार रहेको बताइन् । यस्तै, उपसभामुख इन्दिरा रानाले पनि निर्धारित समयमा अनिवार्यरुपमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ