Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लुम्बिनी विकास बैंकको ऋणपत्र भर्ने म्याद , जेठ ३० सम्म आवेदन दिन पाउने


ग्लोबल पाना
शुक्रबार, जेठ १९ २०८०
  • 270
    SHARES

  • images
    लुम्बिनी विकास बैंकको ऋणपत्र भर्ने म्याद , जेठ ३० सम्म आवेदन दिन पाउने

    काठमाडौं । लुम्बिनी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र भर्ने म्याद थप गरिएको छ। अव लगानीकर्ताहरुले यस ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन पाउने भएका छन्।

    images
    images
    images

    बैंकले जेठ १६ गतेदेखि जेठ १९ सम्म क लागि ऋणपत्र बिक्री खुला भएको छ। तर तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा ऋणपत्र भर्ने म्याद थप गरेर जेठ ३० गतेसम्म भर्ने पाउने भएका छन्।

    बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ बिक्री खुला गरेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो।

    यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि जारी गरिने इकाइमध्ये सामूहिक लगानी कोषलाई २० हजार कित्ता सुरक्षित गरिएको छ।

    बाँकी ३ लाख ८० हजार कित्तामा लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बिक्री प्रबन्धको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ।

    यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिने व्यवस्था पनि छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ