Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला, हिमाल दोलखा हाइड्रोपावर


ग्लोबल पाना
सोमबार, जेठ २२ २०८०
  • 276
    SHARES

  • images
    १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला, हिमाल दोलखा हाइड्रोपावर

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयर आज (२२ जेठ) देखि निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात् १ः०.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।

    images
    images
    images

    यसअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँअंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

    कम्पनीको हकप्रद सेयरमा १० असारसम्म आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।

    हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले २७ वैशाखमा बुकक्लोज गरेको थियो। यसअनुसार २६ वैशाखसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ