Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता


ग्लोबल पाना
शनिबार, कात्तिक २६ २०७९
  • 203
    SHARES

  • images
    उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता

    इलाम । चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ ।

    images
    images
    images

    किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् ।

    उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ । इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्छन् । “वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उनले भने, “यो साल त बेलैमा धान भ्यिाउन पाए हुन्थ्यो ।”

    सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ । “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे ।” उनले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आएका छन् । “ म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ । उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै ।”

    माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्छन्, “उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन । कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।” पटकपटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पुर्‍याउन नसकेको भन्दै किसान निराश देखिन्छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ