Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’


ग्लोबल पाना
आइतबार, कात्तिक २७ २०७९
  • 222
    SHARES

  • images
    ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

    काठमाडाैं । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा ।

    images
    images
    images

    पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।

    भरतपुर महानगरपालिका-१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गरिन्। “भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उनले गुनासो गरिन् । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उनले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भनिन् । उनले ठेलामा मकै पोलेर परिवार पाल्दै आएकि छिन्।

    उनले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएका थिए । “पटक-पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उनले भनिन्, “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उनले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताइन् ।

    भरतपुर महानगरपालिका-११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउछिन् “यसअघि पटक-पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उनले भनिन् । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उनले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गरिन् ।

    “महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?” उनले प्रश्न गर्दै भनिन् । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उनका श्रीमानले ज्याला मजदुरी गर्छन्। यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमानले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उनले बताइन् ।

    भरतपुर महानगरपालिका-१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताइन् । उनी भन्छिन्, “हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उनले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भनिन् ।“तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उनले भनिन्, “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” अटो चलाउँदै आएका भरतपुर-१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनु परेको बताउछन् । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उनले भने ।

    भरतपुर-१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्‍याउनुपर्ने बताए । “फकाउन र प्रलोभन दिन घर-घरमा आउन सक्छन्”, उनले भने, “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ