Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रावा इनर्जीको आईपीओ भाेली मङ्गलबार बाँडफाँड हुने


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 270
    SHARES

  • images
    रावा इनर्जीको आईपीओ भाेली मङ्गलबार  बाँडफाँड हुने

    काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ मंगलबार (जेठ ३० गते) बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौँ कमलादीस्थित कार्यालयमा अपराह्न ४ बजे आईपीओ बाँडफाँड हुने भएको छ।

    images
    images
    images

    कम्पनीको उक्त आईपीओमा कुल ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन परेको छ। यो आईपीओमा मागभन्दा १९.८२ गुणाले बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्।

    तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १-१ कित्ता सेयर पाउनेछन्। कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो।

    यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो।

    उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो।

    यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको थियो। बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ