Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचनको सुरक्षा तयारी : प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा


ग्लोबल पाना
सोमबार, कात्तिक २८ २०७९
  • 372
    SHARES

  • images
    निर्वाचनको सुरक्षा तयारी : प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

    images
    images
    images

    उनले भक्तपुरमा निर्वाचनका लागि दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिइन । यससँगै कमाण्ड, रिजर्भ र संयुक्त अनुगमन टोलीलागायत सम्पूर्ण सुरक्षाको तयारी पूरा भइसकेको उनले बताइन ।सबै मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित मतदानस्थलमा पठाउनेसमेत तयारी पूरा भएको प्रजिअ शर्माले बताइन् ।

    भक्तपुरमा ७६ मतदानस्थलमा दुई सय १९ मतदान केन्द्र छन । जिल्लामा कूल एक लाख ९२ हजार तीन सय ७२ मतदाता छन् । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला गरी एक लाख एक हजार दुई सय ६१ मतदाता छन । क्षेत्र नं २ मा ४४ हजार आठ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार एक सय ११ मतदाता छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ