Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मधेश प्रदेशमा रकम विनियोजन कम गरिएको छैनः अर्थमन्त्री डा. महत


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 277
    SHARES

  • images
    मधेश प्रदेशमा रकम विनियोजन कम गरिएको छैनः अर्थमन्त्री डा. महत

    काठमाडौं । मधेश प्रदेशमा बजेट विनियोजन कम नगरिएको अर्थमन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । मधेश प्रदेशमा कम रकम विनियोजन गरिएको विषयमा संसदमा जवाफ दिनुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘पूर्व–पश्चिम राजमार्ग, पथलैया–विरगंज कोरिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी मरिन, वागमती, कमला, चन्द्र नहर लगायतका सिंचाई आयोजना लगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरुमा उल्लेख्य रकम विनियोजन भएको छ।’

    images
    images
    images

    त्यस्तै तराई मधेशलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ । विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु मधेश प्रदेशमा संचालित छन् । शहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेश प्रदेशमा विनियोजन भएको छ।

    मधेश प्रदेशमा ठूलो जनसंख्या भएकोले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ। प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करीब १५ प्रतिशत मधेश प्रदेशमा गएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ