Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अर्थमन्त्री महतद्वारा बजेटका मुख्य विशेषता संसदमा जानकारी


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 285
    SHARES

  • images
    अर्थमन्त्री महतद्वारा बजेटका मुख्य विशेषता संसदमा जानकारी

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटका विशेषताहरुको बारेमा संसदमा जानकारी गराउनु भएको छ । आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले बजेका विशेषताहरुका बारेमा स्पष्ट पार्नुभएको हो ।

    images
    images
    images

    बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको, अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउन जोड दिइएको, पुँजीगत खर्च कम हुनुका कारणहरू पहिचान गरी समाधानका उपाय निकालिएको, सार्वजनिक खर्चको मितव्ययितामा जोड दिइएको बताउनुभयो ।

    त्यस्तै उहाँले आर्थिक सुधार र निजी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको घोषणा गरिएको, डिजिटल र हरित अर्थतन्त्रमा जोड दिइएको, नवप्रवर्तनमा जोड दिएको, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिई कार्यक्रमहरु ल्याइएको बताउनुभयो ।

    त्यसैगरी निर्माणाधिन ठूला पूर्वाधार आयोजनालाई निरन्तरता दिइएको, राजस्वको आधार विस्तार गरिएको, कर छुटलाई घटाइएको, करका दर सामयिक परिमार्जन गरिएको र कर प्रशासनको प्रणालीगत सुधारमा जोड दिइएको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ