Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भन्सार छल्न सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट सम्मको सवारीमा एउटै महसुल : महत


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 273
    SHARES

  • images
    भन्सार छल्न सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट सम्मको सवारीमा एउटै महसुल : महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छल्न एउटा सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताउनुभएको छ ।

    images
    images
    images

    १० सिट क्षमतासम्मका विद्युतीय सवारीमा १० प्रतिशत तर ११ देखि १४ सिटमा जम्मा १ प्रतिशत महसुल लाग्ने भएपछि व्यवसायीहरूले सिट थपेर आयात गरेकाले त्यसलाई व्यवस्थित गर्न १० देखि १४ सिट सम्मको सवारीमा एउटै कर लगाइएको डा. महतले बताउनुभयो ।

    'विगतमा १० सिट सम्मका ठूला आकारका विद्युतीय साधनमा १० प्रतिशत भन्सार महसुल लाग्ने र ११ सिट देखि १४ सीटसम्मका माइक्रो वसमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो। साधनमा रहेको १ सिटको फरको आधारमा कायम रहेको महसुल दरलाई योजनाबद्ध रुपमा छलि गर्नका लागि २ सिट अतिरिक्त फोल्डिङ सिट थप गरी ११ सिट बनाई अधिकांश सवारी साधन पैठारी गर्ने गरेको पाईएकोले १४ सिट सम्मका साधनमा लाग्ने महसुल दर समेत एउटै प्रस्ताव गरिएको हो ।'

    बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले भन्नुभयो । 'हाल पनि Fossil fuel मा आधारित साधनमा लाग्ने महसुल भन्दा यस्ता साधनमा लाग्ने महसुल अत्याधिक कम रहेको छ।साथै बस र मिनि बसमा लाग्ने महसुलको दरमा कुनै पनि परिवर्तन गरिएको छैन।'

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ