Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली बैंक खातामा चिनियाँ नागरिकको करोड भन्दा धेरै रकम फेला


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 336
    SHARES

  • images
    नेपाली बैंक खातामा चिनियाँ नागरिकको करोड भन्दा धेरै रकम फेला

    काठमाडौं । एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ परेका थिए। ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो।

    images
    images
    images

    अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो।

    जुन रकम नेपालबाट विदेश लान अवैध मानिएको थियो। प्रहरीले लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको उनलाई थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो।

    एक चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ। पक्राउ परेका बखत उनको साथबाट सिटिजन्स बैकको नगद जम्मा गरेको भौचर समेत फेला पारेको थियो।

    सोही आधारमा प्रहरीले अनुसन्धान गर्दा सिटिजन्स बैंक नयाँबजार शाखामा खाता नं. ०११४१०००००६७००४१ मा विभिन्न मितिमा जम्मा गरेको १ करोड २ लाख सो रकम फेला परेको थियो। फ्रेबुअरी २२, २०२३ को ५० लाख रुपैयाँ, मे २२, २०२३ को ३७ लाख रुपैयाँ र मे ३०, २०२३ को १५ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको प्रहरी अनुसन्धानको क्रममा देखिएको छ।

    उनी अन्तरदेशीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंकामा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ। विमानस्थल प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो।

    विभागले उनीविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको गरेपनि प्रहरी अनुसन्धानका क्रममा उनी तीन पटक नेपाल आएको र पैसाको स्रोत नखुलेको अवस्थामा प्रहरीको विशेष व्यूरोले अनुसन्धान शुरु गरेको हो।

    प्रहरीले अनुसन्धानको क्रममा सो रकमको स्रोत खोजेको भएपनि उनले केही बताउन चाहेका छैनन्। काठमाडौं। एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ परेका थिए। ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो।

    अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो। जुन रकम नेपालबाट विदेश लान अवैध मानिएको थियो।

    प्रहरीले लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको उनलाई थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो। एक चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ।

    पक्राउ परेका बखत उनको साथबाट सिटिजन्स बैकको नगद जम्मा गरेको भौचर समेत फेला पारेको थियो। सोही आधारमा प्रहरीले अनुसन्धान गर्दा सिटिजन्स बैंक नयाँबजार शाखामा खाता नं. ०११४१०००००६७००४१ मा विभिन्न मितिमा जम्मा गरेको १ करोड २ लाख सो रकम फेला परेको थियो।

    फ्रेबुअरी २२, २०२३ को ५० लाख रुपैयाँ, मे २२, २०२३ को ३७ लाख रुपैयाँ र मे ३०, २०२३ को १५ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको प्रहरी अनुसन्धानको क्रममा देखिएको छ। उनी अन्तरदेशीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंकामा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ।

    विमानस्थल प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो। विभागले उनीविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको गरेपनि प्रहरी अनुसन्धानका क्रममा उनी तीन पटक नेपाल आएको र पैसाको स्रोत नखुलेको अवस्थामा प्रहरीको विशेष व्यूरोले अनुसन्धान शुरु गरेको हो।

    प्रहरीले अनुसन्धानको क्रममा सो रकमको स्रोत खोजेको भएपनि उनले केही बताउन चाहेका छैनन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ