Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी : अर्थमन्त्री


ग्लोबल पाना
बिहीबार , जेठ ३२ २०८०
  • 359
    SHARES

  • images
    स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभयो ।

    images
    images
    images

    बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो ।

    कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो’, उहाँले भन्नुभयो, ‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने गर्छन् ।

    अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ । त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौं । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन ।

    उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’

    अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यबृद्धि गराएको बताउनुभयो । उहाँले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

    भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि अर्थ मन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ