Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ताप्ली गाउँपालिकाले वडालाई बजेट नदिने


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 394
    SHARES

  • images
    ताप्ली गाउँपालिकाले वडालाई बजेट नदिने

    काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निणर्य गरिएको हो ।गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ ।

    images
    images
    images

    “समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ”, उनले भने । पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूणर् योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निणर्य गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारीता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली-१ का वडाध्यक्ष उद्धव हमालले बताए ।

    गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत रु सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत रु १८ करोड, विशेष अनुदानतर्फ रु एक करोड नौ लाख र समपुरक अनुदान पुँजीगततर्फ रु २६ करोड बजेट विनियोजन गरिँदै छ । चालु आवको तुलनामा आगामी आवका लागि रु दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ