Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इसेवामा रहेको रकम अबदेखि एटिएमबाट पनि झिक्न सकिने


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 273
    SHARES

  • images
    इसेवामा रहेको रकम अबदेखि एटिएमबाट पनि झिक्न सकिने

    काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएको छ। इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो।

    images
    images
    images

    इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन। इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाईलमा आउने इत्ए मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन्। यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो। तर अबदेखि एटिएम मार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ। यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात गरिएको हो।

    इसेवामा रहेको रकम एटिएम मार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने,‘ इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उदेश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौँ। हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ। तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिएपनि प्रयोगकर्तालाई सहज होस् भन्ने उदेश्यले हामीले यो सेवाको सुरूवात गरेका हौँ। हामी नेपाल सरकार र नेपाल राष्ट्रबैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ। जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिवद्ध छौँँ। ’

    यस्तै कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सिइओ विजय कुमार शर्माले भने,‘ एभरेष्ट बैंक जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ। यसै क्रममा इसेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ। इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनैपनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ। हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका इसेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ।’

    हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन्।

    इसेवाबाट इन्स्योेरेन्स्को प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइजहाजको टिकट, बस टिकट, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानी लगायतका करिब तीन हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ