काठमाडौं । कृषि विकास बैंकले ऋणीलाई ब्याज छुट दिने भएको छ । ऋणीले असार मसान्तसम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने बैंकले जनाएको छ ।
यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोबार गरिरहेको शाखामा सम्पर्क गर्न समेत बैँकले आह्वान गरेको छ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकबाट कर्जा लिई कारोबार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरुले यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधाबाट केही भएपनि राहत महसुस गरुन् भनी बैंकले यो प्याकेज ल्याएको बताएको छ ।
विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोवास गर्ने र कृषि पेशामा आवद्ध परिवारमा बैंकको कर्जा वढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरुले यस छुट सुविधावाट लाभ लिन सक्ने तथा यो व्यवस्थामा बैँकले तोकेका शर्तहरु समेत लागु हुने बैंकले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


