Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबारबाट खुल्ने


ग्लोबल पाना
बुधबार, असार २० २०८०
  • 288
    SHARES

  • images
    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबारबाट खुल्ने

    काठमाडौं । आईएमई लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ। यसअघि कम्पनीले बुधबार (आज)देखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बुधबार एक सूचना जारी गरेको छ । यसआधारमा अब बिहीबारबाट आवेदन खुला हुनेछ।

    images
    images
    images

    कम्पनीले अन्तिम प्रहरमा आएर एकाएक आइपीओ स्थगित भएको बताएको छ। यसबाट सर्वसाधारण लगानीकर्ता भने अलमलमा परेका छन्। आईपीओ सार्नुको स्पष्ट कारण पनि खुलाइएको छैन। प्राविधिक कारणले मात्र आईपीओ भर्ने म्याद सारिएको बताइएको छ।

    यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ। यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो।

    कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दै छ । यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ। त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ५% अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

    सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन  सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो। यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ