Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आजको विदेशी मुद्राको विनिमय दर


ग्लोबल पाना
बिहीबार , असार २१ २०८०
  • 263
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४५ पैसा रहेको छ।

    हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा कारोबार भएको थियो भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसा रहेको थियो।

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ७० पैसा र बिक्री दर १६७ रूपैयाँ ४६ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसामा कारोबार गर्न सकिने जनाएको छ।

    उता जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसामा खरिद बिक्री गर्न सकिनेछ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ कायम गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ