Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मौद्रिक र वित्त नीति समन्वयमा अघि बढ्नुपर्छ : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
आइतबार, असार २४ २०८०
  • 399
    SHARES

  • images
    मौद्रिक र वित्त नीति समन्वयमा अघि बढ्नुपर्छ : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनु भएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं ।

    images
    images
    images

    अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’ ‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष हो । यसको सञ्चालन गर्न हामीले राष्ट्र बैंकलाई जिम्मा लगाएका छौं । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको छ ।

    कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाकी छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’

    राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको मन्त्री डा. महतले बताउनुभयो, उहाँले भन्नुभयो, ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन ।’ व्याजदर अर्को महत्वपूर्ण पक्ष भएको उहाँले बताउनुभयो ।

    ‘कति व्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन । यद्यपि हाम्रा अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ । चलायमान बनाउनका लागि समस्या आइरहेको छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘पूँजीगत खर्च हामीले भने जति विनियोजन गर्न सकिएको छैन ।

    जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकियो रि–साइकल हुन्छ र त्यसले उत्पादन दिन थाल्छ ।’ अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा हाम्रो अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्ने मन्त्री डा. महतको दाबी छ । उहाँका अनुसार चलायमान अर्थतन्त्रको सकरात्मक संकेतहरु देखिन थालेको छ । वैदेशिक मुद्रा सञ्चिति कम हुन थाल्यो भनेर हामी आत्यौं, अतिकति समस्या आयो भने खत्तमै भइहाल्यो भन्ने हाम्रो मानसिकता छ । त्यो नै बहसको केन्द्रविन्दू हुन्छ ।

    सरकारमा र नीति निर्माणमा बसेकाहरु प्रभावित भएर निर्णयमा पुगिहाल्छन् । ‘देश श्रीलंकाको बाटोमा गयो भनेर हल्ला चल्यो, त्यसले गर्दा राजस्वलगायत अन्य कुरामा प्रभाव पर्यो । अर्कोतिर मौद्रिक नीति पनि कडा पारियो । अर्थतन्त्रमा समस्या आउनुमा अरु कारण पनि छन् । यी सबै कारणले गर्दा समस्या निम्तिएको हो । हाम्रो आन्तरिक निर्णयले पनि अर्थतन्त्रमा समस्या पारेको थियो’ उहाँले भन्नुभयो, ‘अब यसलाई सच्चाउनुपर्छ ।’ विदेशी मुद्रा सञ्चिति राम्रो छ, पर्यटन व्यवसाय पुरानो लयमा फर्किरहेको छ । विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको छ ।

    यो परिवेशमा मौद्रिक नीति खुकुलो हुने वित्तिकै सहजतातर्फ हाम्रो अर्थतन्त्र अगाडि बढ्ने मन्त्री डा. महतको भनाइ थियो । यसपटक वित्तीय नीतिअन्तर्गत हामीले बजेटरी नीतिमा धेरै सुधार राखेको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिस्टममा अस्तव्यस्तता छ ।

    श्रोत सुनिश्चित नभएको, पछि काहिँबाट आइहाल्ला भन्ने नाममा बजेट विनियोजन गरिएको छैन । रकमान्तर ठूलो समस्याका रुपमा देखापरेको छ । भइसकेका कुरालाई सुधार गर्नेतिर होइन, अबका दिनमा कडाइका साथ रोकिने छ ।’ ‘हामीले लयमा काम ग¥यौं भने अर्थतन्त्रले गति लिन्छ । लिने संकेत देखापरिसकेको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘मूल्यवृद्धिलाई ध्यानमा राखेर मौद्रिक नीति आउने छ भन्ने मलाई विश्वास छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ