काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ साउन ४ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमा २ लाख ९२ हजार ५०० कित्ता आईपीओ जारी गर्न लागेको हो। यस आईपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
यस आईपीओमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन पाउने छन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


