Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने


ग्लोबल पाना
शनिबार, मंसिर ३ २०७९
  • 217
    SHARES

  • images
    नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने

    काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुवै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरको मतगणना सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको हो ।

    images
    images
    images

    जिल्लाको छवटै क्षेत्रको मतगणना आठ वटा कोठाबाट एकसाथ गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । जिल्लामा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ । क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार आज साँझसम्म मतदानस्थल निर्माण, फोटोसहितको मतदाता परिचयपत्र वितरण तथा सर्वलदलीय बैठक सकिएको छ ।

    सबै मतदानस्थलमा भएको सर्वदलीय बैठकमा मतगणनालाई शान्तिपूणर्रुपमा सम्पन्न गर्नका लागि दलका प्रतिनिधि तयार रहेका पन्थीले बताए । जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा आएपछि सर्वदलीय बैठकको निणर्यबमोजिम मतगणना गर्ने तयारी गरिएको छ ।

    पन्थीले मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मत परिणाम घोषणा गरिने दाबी गरे । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतदानस्थलमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदानस्थलबाट मतगणनास्थलसम्म सुरक्षितरुपमा मतपेटिका ल्याउनका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कता साथ राखिएको बताए । मतदान सकिएपछि आइतबार राति १२ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याउनेगरी तयारी गरिएको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ