Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्धारित समयतालिका अनुसार सुदूरपश्चिम प्रदेशमा मतदान


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 223
    SHARES

  • images
    निर्धारित समयतालिका अनुसार सुदूरपश्चिम प्रदेशमा मतदान

    सुदूरपश्चिम । निर्धारित समयतालिका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि र प्रदेश सदस्यका लागि मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार बिहान ७ बजेदेखि कैलाली, कञ्चनपुरलगायत सात पहाडी जिल्लामा तोकिएका मतदानस्थलमा मतदाताले मतदान गरिरहेका छन् ।

    images
    images
    images

    सोह्र प्रतिनिधिसभा र ३२ प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको सिट रहेको सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र कैलाली र यसपछि कञ्चनपुरमा छन् । डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अछामबाट श्रममन्त्री शेरबहादुर कुँवरले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले नौवटै जिल्लामा मतदान सुरु भएको बताए । उनले आयोगले तोकिएका मतदान तालिकाअनुसार नै यहाँ बेलुकी ५ बजेसम्म मतदानका लागि समय दिइएको बताए । सुदूरपश्चिममा आज १६ लाख ५६ हजार चार मतदाताले मतदान गर्नेछन् ।

    मतदानका लागि यहाँ भारतलगायत विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली घर आएका छन् । यहाँ भारतसित सीमा जोडिएका नाका पूणर्रुपले बन्द गरिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलले नौवटै जिल्लामा शान्तपूणर् वातावरणमा निर्वाचन सुरु भइसककेो बताए । सुदूरपश्चिमभरी नेपाल प्रहरी र म्यादी प्रहरी मात्रै साढे १८ हजार परिचालन भएको छ । 

    “सेना र सशस्त्र प्रहरीसमेत प्रदेशभरि निर्वाचन सुरक्षाका लागि परिचालन भएको छ”, उहाँले भन्नुभयो, “मतदानस्थल विभिन्न सुरक्षा घेरामा नागरिकले भयरहित वातावरणमा मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ