Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ : अर्थमन्त्री महत


ग्लोबल पाना
आइतबार, साउन ७ २०८०
  • 329
    SHARES

  • images
    टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ : अर्थमन्त्री महत

    काठमाडौं । टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिनुभएको छ ।

    images
    images
    images

    नेपाल टेलिकम वर्कर्स युनियनको ३२ ओेँ वाषिकोत्सव समारोहमा मन्त्री डा. महतले भन्नुभयो, ‘वर्कर्सहरुको जाहेज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’ सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ ।

    प्रविधिमा छिटोछिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटुडेट राख्ने चुनौति छ । सफ्टवेयरमा एकदमै छिटो अपटुडेट हुनुपर्ने अवस्था छ ।’ स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा. महतले औंल्याउनुभयो ।

    उहाँले ‘शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी हुँदैन । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ । पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वभाविक रुपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरुको निर्णय प्रकृया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन् ।’

    ‘व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने आवश्यकता छ । क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान्’ मन्त्री डा. महतले भन्नुभयो, ‘त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ । टेलिकमको व्यवस्थापन अपटुडेट भइराख्नु पर्नेछ ।

    कुनै समयमा मैले यति पढेको थिए, संस्थालाई म सधैं हाक्नसक्छु भन्ने अवस्था अब रहेन । प्रविधिको विकासले गर्दा हामीले हरेक दिन पढिराख्नुपर्ने भयो ।’ अहिलेको अवस्थामा हामीले हरेक कामसँगसँगै विद्यार्थी हुन पनि आवश्यक रहेको भन्नुहुँदै, मन्त्री डा. महतले भन्नुभयो, ‘नेपाल टेलिकम वर्कर्स युनियनले यसको अगुवाइ गरोस् भन्ने चाहन्छु ।

    सञ्चालन र उत्पादनमा जोडिएका साथीहरुले अधिकारको मात्र कुरा गर्नु भएन, यसरी हामी परिवर्तन ल्याउँछ, यसरी हामी योगदान दिनसक्छौं, यसरी हामी टेलिकमको क्षमता बढाउँछौं, यसरी हामी प्रतिस्पर्धी हुन्छ र यसरी हामी टेलिकमको शाख बचाएर राख्छौं भन्ने योजना हुनुपर्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ