Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रियसभा अध्यक्ष अध्यक्ष तिमिल्सिनाद्वारा मतदान


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 231
    SHARES

  • images
    राष्ट्रियसभा अध्यक्ष अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उहाँले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूणर् मतदातालाई आग्रह समेत गरे । पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्लाभर मतदान प्रक्रियाको शुभारम्भ गरेका छन् ।

    images
    images
    images

    उनले कुश्मा नगरपालिकास्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको सुरुआत गरेका हुन् । यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले कुश्मा नगरपालिका-३ दुर्लुङको काफलचौर मावि, अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका-४ मा रहेको नारायण माविवाट मतदान गरेका छन् भने प्रदेशसभातर्फ क्षेत्र नं १ मा एमालेका उम्मेदवार भक्त कुँवरले मोदी गाउँपालिका-५ मा रहेको महेन्द्रशिखरी मावि बाजुङ र गठबन्धनका उम्मेदवार सुदीप कुँवरले कुश्मा-१२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविबाट मतदान गरेका छन् ।

    त्यसैगरी प्रदेशसभा क्षेत्र २ का उम्मेदवार मित्रलाल बस्यालले पैंयु-४ मा रहेको जनसेवा संस्कृति मावि हुवास मतदान केन्द्र र अर्का उम्मेदवार ऋषिकेश तिवारीले फलेवास-४ मा रहेको माटेदेवल माविबाट मतदान गरेका छन् । जिल्लामा निर्वाचनका लागि कूल ७६ मतदानस्थलका एक सय ५० मतदान केन्द्र तय गरिएका छन् । यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार छ सय ५१ पुरुष र ६१ हजार नौ सय ९८ महिला गरी कूल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदानस्थल अतिसंवेदनशील, ३१ मतदानस्थल संवेदनशील र १० मतदानस्थललाई सामान्य सूचीमा वर्गीकरण गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ