काठमाडौं । कृषि विकास बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरुलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । ग्राहकको हितलाई मध्यनजर गर्दै बैंकले यस सुविधालाई थप गरी श्रावण १५ गते सम्म दिने व्यवस्था गरेको छ ।
यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोवार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्पर्क गरी यस सुविधावाट लाभान्वित हुन समेत बैँकले आफ्ना कर्जा ग्राहीहरुलाई आह्वान गरेको छ ।
नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकवाट कर्जा लिई कारोवार गरिरहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा ग्राहीहरुलाई व्याज वुझाउन कठीनाई परेको यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधावाट बैंकका कर्जा ग्राहकहरुले राहत महसुस गरुन भन्ने अभिप्रायले बैंकले यो प्याकेजको समयावधि वढाएकोे बताएको छ ।
विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोवास गर्ने र कृषि पेशामा आवद्ध कर्जा ग्राहकहरुमा बैंकको कर्जा वढी लगानी रहेकोले यस सेवावाट बैंकका त्यस्ता खालका ग्राहकहरुले वढी लाभ लिने सक्ने भएको हुँदा उक्त सुविधाको म्याद थप गरेको र यो छुट व्यवस्थामा बैँकले तोकेका शर्तहरु समेत लागु हुने बैंकले जनाएको छ ।
.gif)




