Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 217
    SHARES

  • images
    हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

    हुम्ला । नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द्र र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा-६ को तिल, जाङ, हलजी र वडा नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    images
    images
    images

    लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

    ५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूणर्रूपमा मतदान सुुरू भइरहेको उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ