Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढ्यो


ग्लोबल पाना
बुधबार, साउन १७ २०८०
  • 470
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढ्यो

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५% ले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

    images
    images
    images

    अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९% ले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

    यता, माछापुच्छ्रे बैंकको लाभांश वितरण गर्ने क्षमता १५.२९ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

    सञ्चालन नाफा ९.९१% ले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ। असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ ।

    प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ । खराब कर्जा १.०८ प्रतिशत ले बढेर २.१२ प्रतिशत पुगेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ