Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 270
    SHARES

  • images
    अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज सोमबार (साउन २२ गते) अन्तिम दिन हो। कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो । जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९% अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ।

    images
    images
    images

    यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला भएको हो। यसमा माग भन्दा बढी आवेदन परिसकेका कारण सोमबार बिक्री बन्द हुन लागेको हो। आइतबार साँझ ५ः६ बजेसम्मको तथ्यांक अनुसार १० लाख ५० हजार १९६ जना आवेदकले १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन्।

    लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ। रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ