Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचन शान्तिपूर्ण : अध्यक्ष ओली


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 242
    SHARES

  • images
    निर्वाचन शान्तिपूर्ण : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूणर्रुपमा सञ्चालन भइरहेको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूणर् र निर्वाध रुपमा भइरहेको छ, र यसै गरी सम्पन्न हुनेमा म विश्वस्त छु ।”

    images
    images
    images

    उनले अर्को एक प्रसङ्गमा मङ्सिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी पनि गरेका छन् । यसवर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मङ्सिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “यो निर्वाचन देशका लागि महत्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु ।

    त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु ।” ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ