Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 309
    SHARES

  • images
    नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

    काठमाडौं। नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ‘९५ नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको थियो।

    images
    images
    images

    यसमा छिटोमा सोमबार ९साउन २२ गते० सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो। यद्यपि सोमबारसम्म माग अनुसार आवेदन नपरेपछि अब साउन ३१ गतेसम्म बिक्री खुला रहने बिक्री प्रमन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ।

    बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो। योमध्ये सामूहिक लगानी कोषलाई ५५ अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ।

    यसमा वार्षिक ९५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ। न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ