Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास वैककाे नाफामा ३९.१८ प्रतिशतले बृद्वि


ग्लोबल पाना
आइतबार, साउन २१ २०८०
  • 297
    SHARES

  • images
    कृषि विकास वैककाे नाफामा ३९.१८ प्रतिशतले बृद्वि

    काठमाडौं । कृषि विकास बैंकले ३९.१८ प्रतिशतले नाफा बढाएको छ । बैंकले २०८० असार मसान्तमा आफ्नो नाफामा ऐतिहासिक ३९.१८ प्रतिशतको छलाङ लगाउँदै ३ अर्ब ९ करोड रुपैयाँ पुर्याएको हो ।

    images
    images
    images

    २०७९ असार मसान्तसम्म्मा बैंकको त्यस्तो नाफा २ अर्ब २२ करोड रुपैयाँ मात्रै थियो । बैंकले यो अवधीमा वितरण योग्य नाफा नै २ अर्ब रुपैयाँ आर्जन गरेको छ । १३ अर्ब ४५ करोड रुपैयँँ चुक्ता पुँजी (प्रिफरेन्सियल सेयर बाहेक) रहेको बैंकले गत आर्थिक बर्षको वितरण योग्य नाफाबाट लगानीकर्तालाई १४.८६ प्रतिशत लाभांश दिन सक्छ ।

    बैंकको जगेडा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकले गत आर्थिक बर्षमा एक खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

    बैंकको प्रति सेयर आम्दानी १४.९२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २११.६ रुपैयाँ रहेको छ । कृषि विकास बैंकको खराब कर्जा २.४८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.७१ रुपैयाँ रहेको छ ।

    आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने ३.९४ प्रतिशत कायम छ । बैंकको सीडी रेसियो भने ८१.७३ प्रतिशत रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ