Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साउन ३२ देखि सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने


ग्लोबल पाना
बुधबार, साउन २४ २०८०
  • 353
    SHARES

  • images
    साउन ३२ देखि सन नेपाल लाइफले  प्रिमियममा आईपीओ जारी गर्ने

    काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ। यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ।

    images
    images
    images

    यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा १४ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

    लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ।

    रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ