Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कालिका लघुवित्तको नाफा किन घट्यो ?


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 512
    SHARES

  • images
    कालिका लघुवित्तको नाफा किन घट्यो  ?

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ६४.०१% ले घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ।

    images
    images
    images

    अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो।

    त्यस्तै, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावित भएको हो। खुद ब्याज आम्दानी १३.४८% ले घटेर २५ करोड ५० लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

    खराब कर्जा १.०२% ले बढेर ४.१३% पुगेको छ । अघिल्लो वर्षको असार मसान्तमा ३ करोड ८९ लाख १८ हजार रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४९ लाख २ हजार रुपैयाँ पुगेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

    प्रति सेयर आम्दानी २८ रुपैयाँ ६५ पैसाले घटेर १२ रुपैयाँ ४२ पैसामा आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ