Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज अन्तिम मौका, माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने


ग्लोबल पाना
शुक्रबार, साउन २६ २०८०
  • 336
    SHARES

  • images
    आज अन्तिम मौका, माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने

    काठमाडौं। माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले असार २८ गतेदेखि स्थानीय बासिन्दालाई प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो।

    images
    images
    images

    यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २% अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ।

    जसअनुसार १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आइपीओ बिक्रीमा ल्याएको हो। उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन्।

    त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ