Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा माई हाइड्रोपावरको खुद नाफा घट्यो


ग्लोबल पाना
शुक्रबार, साउन २६ २०८०
  • 345
    SHARES

  • images
    सानिमा माई हाइड्रोपावरको खुद नाफा घट्यो

    काठमाडौ। सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.४४ प्रतिशतले घटेको हो । गत वर्ष यसले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images
    images

    कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

    सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ जम्मा रहेको छ ।

    खुद नाफामा कमी आएपछि प्रतिसेयर आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको छ । सम्पतिमा प्रतिफल(आरओए) अघिल्लो वर्षको ९.५१ प्रतिशतबाट घटेर अहिले ५.५३ प्रतिशतमा सीमित छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ