Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मतगणनाको समय तय गर्न सुर्खेतमा सर्वदलीय बैठक बस्दै


ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
  • 232
    SHARES

  • images
    मतगणनाको समय तय गर्न  सुर्खेतमा  सर्वदलीय बैठक बस्दै

    सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यसका लागि मतगणनाको स्थल वीरेन्द्रनगर नगरपालिका-६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ ।

    images
    images
    images

    यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ को मतगणना भने टुङ्गो लाग्न सकेको छैन । आइतबार सिम्ता गाउँपालिका-६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा स्थगित भएको छ । मत पेटिकामा फरक मतपत्र फेला परेपछि स्थगित भएको थियो ।

    सुर्खेत १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलीय बैठकमा सहभागी हुन आउँदै गरेको र वीरेन्द्रनगर पुगेपछि स्थगित सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने भन्नेबारे पनि छलफल हुने प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ