Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भगवती हाइड्रोपावरले ५ भदौ देखि प्रिमियममा आईपीओ खुला गर्दै


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 306
    SHARES

  • images
    भगवती हाइड्रोपावरले ५ भदौ देखि प्रिमियममा आईपीओ खुला गर्दै

    काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ भदौदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ। यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ। यस्तै, ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

    सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ।

    केयर रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ।

    भगवतीले पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४.५ मेगावाट क्षमताको ‘विजयपुर १ साना जलविद्युत आयोजना’ निर्माण गरिसकेको छ। आयोजनाको कुल अनुमानित लागत ६९ करोड ६८ लाख रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ