Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महत सक्रिय


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 270
    SHARES

  • images
    अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महत सक्रिय

    काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत सक्रिय भएका छन्। मन्त्री डा. महत निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन सक्रिय भएका हुन्।

    images
    images
    images

    अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा बैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेका छन्।

    देशदौडाहामा निस्किएर राजश्व र भन्सार कार्यालयहरु निरिक्षण अनुगमन गर्दा राजश्व संकलनमा देखिएका समस्या समाधानकालागि तुरुन्त कदम चाल्न आवश्यक निर्देशन दिइसकेका छन्।

    आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफल गरे।

    मन्त्री डा. महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिए।

    अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा राखेका थिए।

    आइतबार भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताएका थिए। जिम्मेवारीमा सम्झौता नगरी काममा व्यवसायिकता, सम्मान र समर्पण हुनुपर्ने बताएका थिए।

    मन्त्री डा. महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले देशमै स्वरोजगार बन्न आग्रह गरे।

    गत शुक्रबार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गरेका थिए।

    अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरुसँग मन्त्री डा. महत निरन्तर छलफलमा छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ