Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टेलिकमको ७ अर्ब ८० करोड नाफा


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 345
    SHARES

  • images
    टेलिकमको ७ अर्ब ८० करोड नाफा

    काठमाडौं । गत आर्थिक वर्षमा नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार रुपैयाँ थियो ।

    images
    images
    images

    टेलिकमको सेवा व्यापारबाट हुने आय केही कमी आएसँगै नाफा घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म ३७ अर्ब ९१ करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ छ ।

    टेलिकमको अन्य स्रोबाट हुने आम्दानी २९ करोड ९२ लाख १९ हजार रुपैयाँ छ । टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ