Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हुम्लाको लिमीमा नेपाल टेलिकमको 4G सेवा सञ्चालन


ग्लोबल पाना
शुक्रबार, भदौ १ २०८०
  • 325
    SHARES

  • images
    हुम्लाको लिमीमा  नेपाल टेलिकमको 4G सेवा सञ्चालन

    हुम्ला । हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । योसँगै उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन् । तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो ।

    images
    images
    images

    फोर जी सेवा सुरु भएसँगै देश-विदेशमा रहेकाहरुसित सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएको छ । लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन् ।

    लिमीको हल्जिगाउँमा यसअघि वल्र्डलिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको वडाध्यक्ष तामाङले बताए ।फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ